मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

कञ्चनद्वारा एसईई र आधारभूत तहका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

Ujyalosandeshonline 11564+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) र आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई सम्मान गरेको छ। श्री प्रगति नमुना माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले शिक्षालाई समाजको तेस्रो आँखाको संज्ञा दिँदै यसले समाजलाई बौद्धिक बनाउन र पालिकाको साक्षरता दरलाई अझ सुदृढ गर्न मद्दत पुर्‍याउने बताइन्। उनले यस्तो सम्मान कार्यक्रमले विद्यालय शिक्षालाई थप प्रभावकारी र सिर्जनशील बनाउन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले कञ्चनको शैक्षिक स्तरमा निरन्तर सुधार भइरहेको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले शिक्षित र चेतनशील समाजले नै समृद्ध पालिका निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले अबको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए। उनले यसो गर्न सके मात्र विद्यार्थी र अभिभावक आत्मनिर्भर बन्ने र युवाहरूको विदेश पलायन रोक्न सकिने धारणा राखे।

शिक्षा अधिकृत रमेश भूसालले स्वागत मन्तव्यका क्रममा पालिकाको विद्यालय शिक्षा प्रगतिउन्मुख रहेको र सामुदायिक विद्यालयहरूले पनि शैक्षिक गुणस्तरमा राम्रो प्रगति गरिरहेको बताए। उनले जनज्योति माध्यमिक विद्यालयले एसईई परीक्षामा सहभागी भएको छोटो समयमै उत्कृष्ट नतिजा ल्याएर पालिकालाई गौरवान्वित बनाएको उल्लेख गरे।

कार्यक्रममा प्रगति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पौडेल र प्रधानाध्यापक गणेश पौडेलले पालिकाबाट भएको सम्मानले विद्यार्थी, शिक्षक र विद्यालयलाई थप जिम्मेवार बनाउँदै अझ राम्रो गर्न प्रेरणा मिल्ने बताए । उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखाका गंगा पौडेलले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार