मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

उखु किसानहरुको आन्दोलन आजपनि जारी, अनुदान खर्च कटौती गुर्नै खेदपुर्ण

Ujyalosandeshonline 12676+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

काठमाडौं । उखु किसानहरुको आन्दोलन आज पनि जारी नै रहेको छ । उखु किसानले पाउँदै आएको अनुदान वर्तमान सरकारले कटौती गरेपछि तराई मधेशका ११ जिल्लाका किसानहरु गत आइतबारदेखि संघीय राजधानी काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । 

सोही क्रममा नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष एंव उखु किसान हरेन्द्र सिंह बिस्टले नेपाल सरकारले किसानलाई दिदैँ आएको प्रवद्र्धन खर्च कटौती गर्ने निर्णय गरेको विरद्ध आन्दोलनमा उत्रिएको भन्दै सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरुको तर्फबाट यो निर्णयमा खेद प्रकट गरेको बताए ।

उनले भने, ‘विगत सात वर्षदेखि नेपाल सरकारले प्रवद्र्धन खर्च भनेर उखुमा ६०, ६५ र हाल ७० रुपैयाँ दिदैँ आएको छ तर अहिले आएर नेपाल सरकारले जुन किसानलाई दिदैँ आएको प्रवद्र्धन खर्च ७० रुपैयाँ छ त्यो कटौती गर्ने जुन एउटा खेदपूर्ण निर्णय गरेको छ । त्यसमा हामी सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरुको तर्फबाट खेद प्रकट गर्न चहान्छौ ।’

यस्तै, उनले देशको आर्थिक अवस्थालाई मजबुद बनाउनको लागि किसानहरुले भूमिका खेलि रहेको बेला, सरकारलाई अर्बौ रुपैयाँ दिएको अवस्थामा किसानहरुलाई थप सुविधा दिनुपर्ने ठाँउमा उत्पादन मूल्यमा नै कटौती गरेको भन्दै यसमा किसाहरु असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘हामीलाई नेपाल सरकारले अनुदान दिदैँन् भनेर कृपा गर्दैछ । हामीले उखु उत्पादन गरेर अर्बौ रुपैयाँ कर तिरेर देशको अर्थ व्यवस्थालाई सबल बनाउनको लागि देशको आर्थिक अवस्थालाई मजबुद बनाउनको लागि किसानहरुले भूमिका खेलि रहेको बेला किसानहरुलाई राज्यले कुनै अरु स्रोतबाट भर नदिने गरि, ढुकुटिबाट दिनुपर्ने रकम पनि केही छैन् । हामीले नै सरकारलाई अर्बौ रुपैयाँ दिएको छ । यस्तो अवस्थामा पनि हामीलाई थप सुविधा दिनुपर्ने कुरामा हाम्रो उत्पादन मूल्यमा नै कटौती गरेपछि हामी किसाहरु यसमा खुसी छैनौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार