मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दुर्घटनाबाट जोगिए कार्तिक आर्यन

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ माघ २०८०, सोमबार

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन आइतबार सम्भावित एक दुर्घटनाबाट जोगिएका छन् । गुजरातमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन पुगेका आर्यनले आफ्ना फ्यानलाई अभिवादन गर्ने क्रममा फ्यानले ब्यारिकेड तोडेका थिए । ब्यारिकेड तोडिएर फ्यान भुइँमा लडेपनि कार्तिकलाई भने केही भएन ।

उक्त दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा कार्तिक फ्यानलाई भेट्न गएका छन् । त्यो बेला उत्साहित फ्यानको भीडले ब्यारिकेड तोडेपछि उनीहरु एकअर्कामाथि लडेका हुन् । कार्तिकलाई देख्नासाथ कार्तिकतिर फ्यान आउन खोजेपछि ब्यारिकेड लडेको थियो ।

ब्यारिकेड लड्नासाथ कार्तिक पछाडि सरेर आफूलाई सुरक्षित स्थानमा राखेका थिए । समाचार अनुसार उक्त दुर्घटनामा केही फ्यान घाइते भएका छन् । आयोजक र प्रहरीले तुरुन्तै स्थानलाई नियन्त्रण लिएको थियो । जसकारण त्यहाँ भागदौड हुन पाएन ।

कार्तिकले अवार्डमा आफ्नो प्रस्तुति पनि दिएका थिए । कालो टी–सर्टवाला कोट र त्यस्तै पेन्टमा उनी आकर्षक देखिएका थिए । कार्तिक हाल फिल्म ‘चन्दु च्याम्पियन’को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार