मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

शिक्षाको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

बुटवल । शिक्षाको गुणस्तरीय वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन्। शिक्षाले समाज विकासमा महत्पूर्ण योगदान हुने भएकोले लुम्बिनी प्रदेशमा  शिक्षा गुणस्तरका  प्रदेश सरकार केन्द्रित भएको बताएका छन्।

पाल्पामा आज  छैठौ  तिनाउ  गाउँपालिका स्तरीय राष्ट्रपति रङिन  शिल्ड  प्रतियोगिताको समापन समारोहमा बोल्दै मन्त्री   तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा गुणस्तर वृद्धि गर्ने जोड दिएको बताएका छन्।

उनले लुम्बिनीमा ८१ हजार विद्यार्थीहरू एसइई दिएका मध्ये ३१ हजारले  उत्कृष्ट भएको बाँकी ३९ हजार अनुतिष्ण भएको प्रसङ्ग निकाल्दै ती हराएका विद्यार्थीहरूको खोजी भइरहेको बताए।  उनले ती विद्यार्थीहरू पुन अध्ययन या सिप मूलक सिप तिर केन्द्रित गर्ने गरी आफूले खोजी रहेको बताए। उनले नेपालमा जनसङ्ख्याको लाभ लिन चुकेको बताए। उनले धेरै युवाहरू विदेश जाने क्रम चलिरहेका अबको २० वर्षमा  नेपालमा लास जलाउने मान्छे अभाव हुने बताए।

उनले लुम्बिनी प्रदेश रेमिटेन्स अग्रणी स्थान परेको मक्ख पर्ने भन्दा युवाको परिचालन नेपालमा गर्ने गरी नीति नबाउँदा यस्तो समस्या आएको बताए। उनले प्रदेश गुणस्तरीय शिक्षा र जनसङ्ख्याको लाभ लिने नीति लिएर अहिले युवा र विद्यार्थीहरूलाई स्वदेशमा रोक्नु पर्ने बताए। त्यसको लागि  सङ्घ, प्रदेश र स्थानीय तह मिलेर अगाडि जानुपर्नेको विकल्प नभएको बताए। 

उनले लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी विश्व विद्यालय,बाँकेको प्राविधिक विश्व विद्यालय प्रदेशको शिक्षाको लागि गौरव रहेको उल्लेख गर्दे शिक्षाको गुणस्तर र जीवन उपयोगी बनाउन मन्त्रालय  केन्द्रित रहेको प्रस्टाए। 

उनले  भर्ने   एउटा तहले मात्रै विदेश जाने विद्यार्थी र युवाहरू रोक्न सक्दैन त्यसको लागि तिनै तहका सहकार्य जरुरी रहेको छ।  मन्त्री तिम्सिनाले खेलकुदमा लागेको धेरै व्यक्तिहरू अनुशासित हुने बताउँदै स्वास्थ्य सँगै अनुसार समाज निमार्ण गर्न खेलकुदले योगदान दिने बताए ।

पालिका स्तरीय प्रतियोगाबाट जिल्ला र हुँदै प्रदेश गौरव राख्ने खेलाडी उत्पादन गर्नुपर्ने बताए । तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्ष भएको तीन दिन सम्म चलेको प्रतियोगितामा विजेताहरू  पुरस्कृत गरिएको थियो। तिनाउ गाउँपालिका ९वटा विद्यालयमा ३ सय भन्दा धेरै विद्यार्थीहरू कपडी, भलिबल,एथलेटिक्स खेलका विभिन्न विद्या  उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो।उक्त प्रतियोगितामा पृथ्वी प्रकाश  मावि प्रथम भएको छ।  तिलोत्तमा मावि दोस्रो भएको छ भने तृतीय स्थान थानिडाँडा  मा विले प्राप्त गरेको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार