मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

५७ औं स्थापना दिवस मनाउँदै सिद्धार्थनगर नगरपालिका

Ujyalosandeshonline 12430+ समाचार ( )
२० माघ २०८१, आइतबार

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउने भएको हो । वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाणस्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । मेयर खाँका अनुसार दिवसको अवसरमा कार्यालयले विभिन्न संघ–संस्था, नगरबासीहरुको सहभागीतामा नगरमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । नगरपालिकाले प्रभातफेरीमा विद्यार्थीलाई भने सहभागी नगराउने भएको छ ।

सामूदायिक एवं संस्थागत विद्यालयका शिक्षकशिक्षिकाहरु आफ्नो पोशाक र ब्यानरसहित सहभागी हुने तर, विद्यार्थीहरुलाई भने प्रभातफेरी (र्‍याली) मा सहभागी नगराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका अन्य संघ–संस्था र आम नगरबासीलाई र्‍याली तथा मूल समारोहमा उपस्थितिका लागि आह्वान समेत भएको छ । 

कार्यक्रम माघ २२ गते मंगलबार बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्मा भइ बैंकरोड, देवकोटाचोक हुँदै महेन्द्र सभा गृहमा पुगेर शुभकामना आदानप्रदानमा परिणत हुने स्थापना दिवस मुल समारोह संयोजक तथा वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । स्थापनाको अवसरमा माघ २१ र २२ गते साँझ दीप प्रज्जवलन गर्ने र नगरबासीलाई समेत दीप प्रज्जवलन गर्न नगरपालिकाले आग्रह गरेको नगर उप्रमुख उमा अधिकारीले बताइन् ।

स्थापना दिवसको कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउन तयारी तीव्र पारिएको नगर प्रवक्ता समेत रहेका सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए ।

स्थापना दिवसको अवसरमा नगरपालिकाले आइतबार जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट तथा महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगीता राखिएको खेल संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए ।  

आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सिद्धार्थनगर नगरपालिकाले स्थानीय बिदा समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार