मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पाकिस्तान : इमरान खानको पार्टी सचिवालयमा डोजर

Ujyalosandeshonline 11564+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

काठमाडौं । पाकिस्तानमा इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ । राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ । सीडीएको अतिक्रमण विरोधी टोलीले विहीवारदेखि अवैध निर्माण तथा अतिक्रमण हटाउन अभियान चलाएको थियो । उक्त टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयलाई सिल गरेको थियो ।

पार्टी कार्यालयमा सरकारी संयन्त्रबाटै क्षति पुगेपछि इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले वर्तमान सरकारको आलोचना गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती भने जेलमा छन् । पीटीआईका अध्यक्ष ब्यारिस्टर गौहर अलीले सीडीएसँग भवनमा डोजर चलाउने कुनै अनुमति नै नभएको बताउँदै पूर्व सूचना विना काम गरेको आरोप लगाए ।

पीटीआई अध्यक्षले परिसरमा कुनै अवैध निर्माण नभएको दाबी गरे । पीटीआईका महासचिव र राष्ट्रिय सभामा विपक्षी दलका नेता उमर अयुबले आन्तरिक मन्त्री मोहसिन नक्वीलाई पार्टी कार्यालय भवनमा डोजर लगाएर गैरकानूनी काम गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार