मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसमा वक्तृत्वकला कार्यक्रम

अनिल नेपाली 141+ समाचार ( )
२० जेठ २०८२, सोमबार

अर्घाखाँची । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिकाे आयोजनामा  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको श्री भगवती माध्यमिक विद्यालयमा राष्ट्र निर्माणका  लागि विद्यार्थीको भुमिका विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ ।

कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले समाज सुधार र देश निर्माणमा सबै भुमिका महत्त्वपूर्ण हुदै बताउदै समाजमा अझै पनि अन्धविश्वास रूढिबादी परम्पराले केही जातीय द्वन्द्व आउने गरि छुवाछूतका घटना घटेता पनि त्यसलाई न्युनिकरण गर्न  दलित समुदायलाई आत्मनिर्भर बनाउने गरि नीति तथा कार्यक्रमसहित सन्धिखर्क नगरपालिका अगाडि बढेको बताए । उनले  यस्ता सकारात्मक र रचनात्मक कार्यक्रमले समाज सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै राष्ट्रिय दलित पत्रकार संघले आफ्नो स्थापना दिवसको अवसरमा सकारात्मक काम जिकिर गरे । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष माेतिजङ रायमाझी विधालयका प्रधानाध्यापक धुब बहादुर केसी  पत्रकार महासंघका लुम्बिनी प्रदेशका काेषाध्यक्ष प्रेमनारायण आचार्य , जिल्ला अध्यक्ष गणेश खनाल , प्रेस चाैतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शाेभाखर पन्थी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष हृदय कुमार भुसाल, दलित अधिकारकर्मी बिष्णु परियार सन्जय नेपाली लगायतले कार्यक्रममा  मन्तब्य राख्दै दलित पत्रकार संघले आफ्नो स्थापना दिवसको अवसरमा सकारात्मक र रचनात्मक काम गरेको भन्दै प्रंशसा समेत गरेका थिए ।  उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा प्रथम द्वितीय तृतीय सान्तवना हुने विधार्थीलाई प्रंसशा पत्र नगद पुरस्कार सहित सम्मान गरिएको थियोे ।

संघका लुम्बिनी प्रदेशका सचिव अनिल नेपालीको अध्यक्षता जिल्ला उपाध्यक्ष नवीन रसाइलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा कृयाशील सञ्चारकर्मी दलित अगुवा , जनप्रतिनिधि लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार