मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

भैरहवाका औषधि पसलहरुमा नगरपालिकाको अनुगमन

Ujyalosandeshonline 11566+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका औषधि पसल, मेडिकल हल लगायतमा अनुगमन गरेको छ । नगरपालिका कार्यालयले बिहीबार भैरहवास्थित बैंकरोड र भीम अस्पताल क्षेत्रमा रहेका औषधि पसल, ल्याब तथा मेडिकल हलहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अधिकांश मोडिकलजन्य पसलहरुले नगरपालिका कार्यालयमा नवीकरण नगरेको पाइएको थियो । त्यस्ता पसलहरुलाई पहिलोपटकका लागि तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा कारवाही गरिने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले जानकारी दिइन् ।

त्यस्तै म्याद गुज्रिएको औषधिहरु छुट्टै राख्नुुपर्ने, ल्याबहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधि विक्रीको अनिवार्य रुपमा बिल काट्नुुपर्ने लगायतका सुुझावहरु दिइएको नगरपालिका कार्यालयको स्वास्थ्य शाखा प्रमुख गीता देवी न्यौपानेले जानकारी दिइन् । उनले नगरपालिकाले नियामित अनुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको हेर्ने समेत बताइन्।

नगर उपप्रमुख अधिकारी, वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुुर गुुरुङ, स्वास्थ्य शाखा प्रमुख गीता देवी न्यौपाने, राजस्व शाखा प्रमुख कमलकान्त खनाल, जनस्वास्थ्य निरीक्षक विजयनाथ चौधरी, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेश चन्द्र आचार्यले नगरमा रहेका रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, सिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, विराट मेडिकल, एभरेष्ट फार्मेसी, अर्घा मेडिकल हल, सेन्ट्रल फार्मेसी, बुद्ध एक्स–रे, शाही अल्ट्रासाउण्ड, शारदा अल्ट्रासाउण्ड, ओम प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा विगतका तुुलनामा सुुधार देखिए पनि अझ धेरै सुधार गर्नुपर्ने देखिएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार