मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सहित चार जनाको मृत्यु

Ujyalosandeshonline 11564+ समाचार ( )
१६ कार्तिक २०८२, आइतबार

धनुषा । यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छभने दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा सोही नगरपालिका भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।   

प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनामा १४ वर्षीय शीतल मगर र नौ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार