मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘वास्तविक कम्युनिष्ट भनेको सबभन्दा राम्रो जोगी हो’

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासनको अभियानमा कानुनी प्रक्रियासँगै ध्यानको पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । 

१३ औं जीवन विज्ञान दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले हाल आफूले मन्त्रालयअन्तर्गत ध्यानको अभियान चलाएको सुनाए । त्यसमा कर्मचारीले मन्त्रालय आएपछि १५ मिनेट ध्यान गर्ने भनेर निर्देशन गरिसकेको भन्दै उनले अहिले नेपाल प्रहरीमा पनि त्यो सुरुवात गरेको जानकारी दिए । 

‘मैले गृहमन्त्रालयअन्तर्गत ध्यानको अभियान चलाइराखेको छु । गृहमन्त्रालयमा हामी आएपछि पहिलो १५ मिनेट ध्यान गर्ने भनेर हामीले निर्देशन गरिसकेका छौं । ध्यानपछि मात्र काम गर्ने छौं । अहिले नेपाल प्रहरीमा पनि हामीले त्यो सुरुवात गरेको छौं,’ उनले भने,‘अहिले सरकारले सुशासनको अभियान चलाएको छ । यो समाज विकृति र नकारात्मक दिशामा जाने प्रक्रियामा छ । हरेक मानिसलाई चरित्रवान बनाउने प्रक्रियामा लाग्यो भने अपराध कम हुन्छ । एउटा सुशासन त्यहाँबाट हुन्छ । अर्को कर्मचारी पुलिस आफंै घूस खान्छ, चाकडी गर्छ । यो सबै आफैंबाट रोक्नुपर्छ नि त्यही सोचेर अभियान अगाडि बढाएको छु ।’

ध्यान अभियान सञ्चालन गरेपछि आफूलाई कम्युनिष्ट नेता अब त जोगी नेपालमा गएछ भन्ने खालका टिकाटिप्पणी पनि आउने गरेको उनले बताए । वास्तविक कम्युनिष्ट भनेको सबभन्दा राम्रो जोगी भएको तर्क उनले गरे । 

‘म कम्युनिष्ट पार्टीको वरिष्ठ उपाध्यक्ष, कतिले यो कम्युनिष्ट नेता अब त जोगी भएछ भन्छन् । अनि भन्छु वास्तविक कम्युनिष्ट भनेको सबभन्दा राम्रो जोगी हो । व्यक्तिगत स्वार्थको मानसिकताबाट मुक्त सम्पूर्ण रुपमा आफ्नो र मानवताको मुक्तिमा लाग्ने मान्छे कम्युनिष्ट हो । विभिन्न धार्मिक नाममा पाप पनि गरेको छ । कोही कम्युनिष्ट भने पनि गैर कम्युनिष्ट खोलचाहिँ कम्युनिष्टको छ, आचरण गैरकम्युनिष्ट पनि छ,’ उनले भने, ‘हाम्रो पूर्वीय योगी ऋषिमुनीहरूले पूर्वीय ज्ञान संस्कृति मानव जातिलाई दिनुभएको छ । त्यो मानव जातिलाई सकारात्मक दिशातिर तगेर अगाडि बढाउने उत्तम चाबी हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार