मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नवलपरासीमा मूर्तिसहित साढे ३० लाखको सामान बरामद

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

परासी । पश्चिम नवलपरासी प्रहरीले साढे ३० लाख बराबरको मूर्तिसहित को सामग्री बरामद गरेको छ। नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्तिको बरामद भएको छ। त्यस्तै १५ लाख बराबरको मोबाइल ग्लास, ८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन्।विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरुमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ। उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको छ ।

मंगलबार राति बरामद भएका सबै सामानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर ल्याइएको उक्त सामान भूजहवा र बसैया नाकाबाट ल्याइएको बताइएको छ। त्यस क्षेत्रबाट अहिले चिनी, चामल र अन्य सामानको अवैध कारोबार हुँदै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार