मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ । गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् ।

बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन् ।

अनुमति बिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरूलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि उक्त विद्यालयहरूले पालिकाको निर्देशनको अटेर गरे पछि कार्यपालिका समितिको निर्णयअनुसार ती विद्यालयहरूमा तालाबन्दी गरिएको सूचनामा उल्लेख रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुने व्यवस्था छ । यसैअनुरूप स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्न यो प्रयास गरिएको अध्यक्ष यादवले जनाएका छन् । बन्द गरिएका विद्यालयहरुमा आफ्ना बालबालिकालाई भर्ना नगर्न पालिकाले अभिभावकहरुसंग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार