मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

महिलाका गोप्य भिडियो परिवारका सदस्यलाई पठाइदिएपछि...

Ujyalosandeshonline 12431+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । सम्बन्धमा हुँदा साटासाट भएका गोप्य फोटो र भिडियोहरु महिलाका आफन्त र परिवारलाई पठाइदिएपछि एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ती महिलाको चरित्र हत्या गरेको भन्दै काठमाडौंका एक व्यक्तिलाई पक्राउ गरेको हो । 

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले नुवाकोटको शिवपुरी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११, बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो । उनीविरुद्ध गत पुस ८ गते महिलाले जाहेरी दिएकी थिइन् । तत्काल प्रहरीले थापालाई सम्पर्क गर्न खोजेपनि उनी फरार थिए । 

खोजतलास गर्ने क्रममा थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए । उनका अनुसार ती महिला र थापा सामाजिक सञ्जाल फेसबुकमार्फत् जोडिएर प्रेम सम्बन्धमा थिए । त्यही क्रममा उनीहरुबीच मेसेन्जरमार्फत् गोप्य फोटो र भिडियोसमेत एकआपसमा साँटासाट भएको थियो । तर पछि सम्बन्ध बिग्रिएपछि थापाले प्रेमिकाको फोटो र भिडियो उनको परिवारका सदस्य र आफन्तहरुलाई पठाएर चरित्र हत्या गरेका थिए ।

त्यसपछि ती महिलाले थापाविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका थापालाई बिहीबारै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार