मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजेदेखि आमने सामने हुने छन् । 

नामिबिया पनि सहभागी सिरिजमा उपाधि भिडन्त भने नेपाल र नेदरल्याण्ड्सको बीचमा हुन लागेको हो । नेदरल्याण्ड्सले चार खेलमा दुईमा जित र एक नतिजा विहीन र एक खेलमा पराजयका साथ ५ अंक बनाउँदै शीर्ष स्थानमा रहँदै फाइनल खेल्दा नेपाल दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । 

नेपालले सुरुका दुई खेलमा पराजय भोगे पनि पछिल्ला दुई खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो । नेपालको चार अंक रहेको छ । 

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आजको फाइनल पछि नेपाली टिम मार्च ९ बाट हङकङ र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी २० क्रिकेट खेल्न जाने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार