मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

तराई–मधेशका जनताको भावना बुझ्न अभियान केन्द्रीत : अध्यक्ष प्रचण्ड

Ujyalosandeshonline 11540+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दवाव दिन तथा मधेशको माग पुरा गराउन पार्टी दृढता पूर्वक अगाडी बढेको बताएका छन् । 

अध्यक्ष प्रचण्डले पार्टीको पूर्व पश्चिम हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश अभियान” अन्तर्गत आज धनुषाको हंशपुर नगरपालिकाको सोनगम्ममा आयोजना गरिएको सभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

उनले विगतमा मधेशी तथा उत्पीडितहरुको सहयोगमा नै माओवादी आन्दोलन सफल भएको भन््दै मधेशी जनताको पक्षमा माओवादीले काम गरेका कारणले नै हुलाकी राजमार्गको निर्माणमा गति आएको र नागरिकता सम्बन्धि अध्यादेश ल्याएको दावी समेत गरे । 

उनले भूमि सम्बन्धि अध्यादेश गरिव तथा विपन्न जनताको पक्षमा नभएको दावी गर्दै यो पूँजीपति तथा भूमाफियाका लागि आएकोले यो विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताए । 

उनले आफूहरुले सुशासन तथा भ्रष्टाचारको पक्षमा काम थालेका कारणले नै रातारात आफ्नो नेतृत्वको सरकार परिवर्तन गर्ने खेल भएको बताउदै भ्रष्टाचार विरुद्धको अभियानलाई पार्टीले निरन्तर रुपमा अगाडी बढाउने बताए । उनले नेकपा माओवादी अब कुनै गठबन्धनको पक्षमा नरही जनताको भावनाको सम्मानमा जनताको अभिमत बुझ्न घर घरमा गईरहेको बताए । 

अध्यक्ष प्रचण्डले हुलाकी राजमार्गमा पर्ने कमला पुलको शीघ्र निर्माण हुनु पर्ने यस क्षेत्रका जनताको मागको साथमा पार्टी भएको भन्दै मधेश प्रदेशका राजधानीलाई जोड्ने यो पुल छिटो भन्दा छिटो निर्माण हुनु पर्ने धारणा राखे । 

उनले यस पटकको अभियान जनता केन्द्रीत भएको र जनताको भावना बुझ्ने काम गरिरहेको भन्दै मधेशमा मधेशवादी दल समाप्त भएको पनि बताए । उनले तराई मधेशका जनताको सच्चा पार्टी माओवादी रहने गरि काम गर्न चाहेको पनि बताए । 

यस्तै, नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेशी जनताको पक्षमा नेकपा माओवादी केन्द्र सधै ईमामन्दार रहेको दावी गरे  । सो कार्यक्रममा माओवादी अभियानमा रहेका पुराना वामपन्थी नेता महेन्द्र राय यादवले पनि  सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार