काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय 'घन्टीघर' मा बस्ने तय भएको छ।