मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सरकार सेटिङ र भागबण्डामा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ : सांसद वाग्ले

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गरिरहेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको बताए । 

उनले भने,‘सरकार सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर अनि समिति बसाइन्छ, अनि एउटा रबर स्ट्याम्प नियुक्ति हुने होला । त्यसमा पनि गिजोलिने जस्तो देखिन्छ । सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ ।’ ९० को दशकको कुल ग्राहस्थ्य उत्पादनको दर कुशासनकै कारण कमजोर बनेकाले मुलुकको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले आर्थिक रूपान्तरणका लागि विस्तृत सम्झौता गरेर अघि बढ्नुपर्ने धारणा राखे । 

उनले भने,‘९० को दशकको जिडिपी दर कायम गर्न नसक्नुको कारण कुशासन हो । यदि त्यही दर कायम गर्न सकेको भए मुलुकको अर्थतन्त्र १०० अर्बको हुन्थ्यो । कुशासनको मुल्य जिडिपीले खेपिरहेको छ । बजेटको आकार बढाउनुअघि सुशासनतिर ध्यान दिऔं ।’ त्यस्तै उनले सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको भन्दै नीति तथा कार्यक्रम सुरुवात गर्ने बेलायतले पछिल्लो नीति तथा कार्यक्रम त्यसकै नक्कल गर्ने नेपालले भने अत्यन्तै लामो दस्तावेज ल्याएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार