मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

कञ्चनमा गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु

जगीलाल थापा 30+ समाचार ( )
१० पौष २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रुद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको छ । ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयका करिब १२ सय विद्यार्थीहरु सहभागी रहेको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष नवराज ढकालले गर्नुभएको हो।

उद्घाटनका क्रममा अध्यक्ष ढकालले खेलकुदले विद्यार्थीको शैक्षिक स्तरसँगै शारीरिक, मानसिक र संवेगात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष मौमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेल र शिक्षा शाखा प्रमुख रमेश भूसाल लगायतका वक्ताहरूले खेलकुदले विद्यार्थीमा हारजितको भावनाभन्दा माथि उठेर अनुशासन, सहकार्य र धैर्यता सिकाउने उल्लेख गर्नुभयो । प्रतियोगितालाई मर्यादित र अनुशासित बनाउन विद्यालय व्यवस्थापन समिति र शिक्षक प्रतिनिधिहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

यस प्रतियोगितामार्फत छनौट हुने उत्कृष्ट खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म पुगेर कञ्चनको प्रतिष्ठा बढाउने विश्वास लिइएको छ। रुद्रपुर माध्यमिक विद्यालयका शिक्षक जीवन गौतमले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुमा भएको अन्तरनिहित क्षमता उजागर गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार