मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय

Ujyalosandeshonline 12437+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ । मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

उनले भने, ‘आजको बैठक संक्षिप्त भयो धेरै एजेण्डा पनि भएन, पहिलो एजेण्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं । त्यो पालिका सम्मेलनका लागि विधान त पास भई सकेको हो । त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ ।’

यसको साथै, उनले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरु लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए । 

उनले भने, ‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरु लिइएको छ । अहिले सम्म सकारात्मक नै छ भन्ने छ । कतिपय ठाँउमा सुनिश्चित जस्तै छ । बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ ।’ यसको साथै छिटै पार्टीको अर्को बैठक बस्ने पनि उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै