मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी

Ujyalosandeshonline 12441+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए ।

आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले कानुन निर्माण प्रक्रिया सेवाग्राहीलाई ‘चोर हो’ भन्ने दृष्टिकोणबाट सुरु हुने गरेको बताएका हुन् । 

‘हाम्रा व्यापार र आर्थिक गतिविधिसँग सम्बन्धित ऐन कानुन बनाउने प्रक्रियाले नै सेवाग्राहीलाई चोर ठहर्याउने सोच प्रस्तुत गरेको छ,’चौधरीले भने,‘कानुनलाई चुकुल लगायने दृष्टिकोणले ऐन निर्माण गरिन्छ। यसको असर सिङ्गो अर्थतन्त्रमा पर्छ। अहिलेको अवस्थामा बैंकहरूको हालत हेर्नुस्, पैसा थुप्रिएको छ तर कोही लिन चाहँदैन।’

सांसद चौधरीले कानुनमा ‘सामान्य’भनेर परिभाषित गरिएका विषयवस्तुहरूमाथि पनि प्रश्न उठाएका छन् । ‘कानुनमा ‘सामान्य’ शब्द प्रयोग गरिएको कुरा कसरी व्याख्या गर्ने ?कुनै व्यक्तिलाई ऋण चाहिएको छैन भने ऋण दिनेले कानुनमा ‘सामान्य’ शब्दको आधारमा त्यसलाई ठुलो समस्या बनाइदिन सक्छ । अनि, त्यसरी नै ठुलो समस्यालाई सामान्य भन्दै आफ्नो स्वार्थमा उपयोग गर्न सक्छ। यही नै समस्या हो,’चौधरीले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार