मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

महायज्ञको पुर्व सन्ध्यामा कलशयात्रा

मनु सुनार 39+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगामा भोली शनिबार देखि सञ्चालन हुन लागेको महायज्ञको पूर्वसन्ध्यामा शुक्रबार आज सदरमुकाम तम्घास बजारमा शोभा कलशयात्रा गरिएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा श्रावण २६ गते देखि ३२ गतेसम्म रेसुंगा यज्ञशालामा आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सदरमुकाम तम्घासमा शोभा कलशयात्रा गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । भारत राजस्थानका योगी शम्भुनाथजी महाराज महायज्ञका प्रमुख कथा वाचक रहुनभएको छ । 

सदरमुकाम तम्घासको शहीदचोक, बालमिन्दर, पुतली बजार, मिलनचोक, नयाँबजार, क्याम्पसरोड, खानीगाउँ, माइकास्थान, नयाँ बसपार्क हुँदै शहीचोकसम्म शोभाकलश यात्रा गरिएको थियो । यहाँ रहेका एक दर्जन बढी संघसंस्थाको उपस्थितिमा शोभाकलश यात्रा गरिएको रेसुंगा संरक्षण समितिका सह-सचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो ।

सनातन बैद्धिक हिन्दु धर्मको संरक्षणका लागि आयोजना गरिएको महायज्ञको पूर्व सन्ध्यामा सञ्चालित शोभाकलश यात्रामा रेसुंगा मावि, महेन्द्र मावि, सिद्धबाबा मावि, रिर्डस पब्लिक हाईस्कुल, अर्जुन आवासीय मावि, राधा माधव समिति, सत्य साई सेवा केन्द्र, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, तम्घास टेक्निकल, चेतनशील आमा समूह, नेवा खल, महिला मगर संघ, उपल्लो तम्घास आमा समूह, पतञ्जली योग समिति, लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था, जय नेपाल बहुउद्देश्य सहकारी संस्था, नेपाल पत्रकार महासंघ गुल्मी, तम्घासस्थान भगवती मन्दिर, सुरक्षा निकाय, किरण पुस्तकालय, नेपाल औषधी व्यवसायी संघ, अमरकल्याण बहुउद्देश्य सहकारी संस्था, कल्याणकारी आमा समूह एवम् उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, लगायतको सहभागीता रहेको थियो । गत बैशाखमा रेसुंगा र आयोध्याको धार्मिक सम्बन्ध प्रगाढ बनाउन बिशाल सन्त सम्मेलन तथा महायज्ञ आयोजना गरिएको थियो । 

महायज्ञ अवधिभर पण्डितहरुबाट हवन, पूजा, पाठपारायण लगायतका धार्मिक कार्यक्रमहरुको आयोजना गरिएको छ । साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूणर् पाप नष्ट भएर पुन्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । चार धामबाट ल्याएको जल रेसुंगाको पोखरीमा मिसाइएकाले रेसुंगा पोखरीमा स्नान गरेमा पुन्य प्राप्त हुने मान्यताका कारण आउने गरेका छन् । 

साउन एक गत देखि रेसुंगामा साउने मेला चलिरहेको छ । साउने मेलासँगै महायज्ञको आयोजना गरिएकाले पोखरी देखि यज्ञशालासम्म पुग्न वृद्धाहरूलाई दुई वटा घोडाको समेत व्यवस्था गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । भाद्र १ गते कन्यापुजनको कार्यक्रम समेत राखिएको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार