मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘एक थोपा रगत नबगाइ प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौ’

Ujyalosandeshonline 11540+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गरेका छन् । 

काठमाडौंमा बिहीबार आयोजित इलाम संवाद कार्यक्रममा उनले प्रादेशिक ढाँचा बोझिलो र खर्चिलो भएकाले शान्तिपूर्ण विद्रोहबाट नै परिवर्तन गर्ने बताए । 

उनले भने, ‘हामी संघीयताविरोधी होइनौं । अहिलेको प्रादेशिक ढाँचा अलि बोझिलो भयो, खर्चिलो भयो । यो चाहिँ हामी सुधार गछौं गर्छौ । यो सबै भत्काउन आएका हैनौं । वर्तमान व्यवस्थालाई नै सुधार संविधानमा लेखिएको धाराहरुमा टेकेर हामीले प्रादेशिक संरचना झ्यालैपिच्छे मन्त्रालय छ, ८ सय ८४ जना सांसद पालिरहेका छौं । ५ सय ८५ सांसद त प्रदेशमा नै छन् । उनीहरुको काम देखिएको छैन । उथलपुथल नगरी यही सिस्टममा टेकेर एक थोपा रगत नबगाइकन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो संख्या र सामथ्र्य पुगेको दिन अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गछौं । ’

राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रुपमा मात्रै हेर्न नहुने धारणा उनले राखे । युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उनले बताए । 

उनले भने,‘राजनीतिलाई पुरै समयको पेसा बनाउन चाहन्न । यसलाई कमाई खाने भाँडो मात्रै बनाउन चाहन्न । यसलाई देश सेवाको रुपमा काम गर्न चाहन्छु भन्नेहरुलाई स्थान दिनेगरी रास्वपा उपलब्ध भएको छ । हाम्रो विविधतापूर्ण समाज छ । जनजाति साथिहरु पनि अँटाउनु पर्छ, महिला आदि हुनुपर्छ । इलाममा चुनाव जितिएला नजितिएला तर जनजाति समुदायमा पनि पार्टीमा हामो स्थान दिन चाहन्छौं भनेरै उम्मेदवारी दिएका छौं । एउटा युवा मात्र होइन समावेशी अनुहार लिएर हामी त्यहाँ गएका हौं ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार