मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पाल्पामा प्रहरी नायव निरीक्षक रुम बहादुर खत्री असार महिनाको उत्कृष्ट प्रहरी घोषित

Ujyalosandeshonline 12437+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले दोभान प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) रुम बहादुर खत्रीलाई २०८२ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ । नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक निष्ठा र सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पन्न गरी सर्वसाधारणमाझ प्रहरीको छवि उच्च राख्न योगदान पुर्‍याएबापत उनलाई यो सम्मान प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पामा आयोजित एक मासिक बैठकका अवसरमा पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले प्रहरी नायव निरीक्षक खत्रीलाई प्रशंसा-पत्र तथा पुरस्कार प्रदान गरे । प्रहरी उपरीक्षक भट्टराईले खत्रीको कार्यसम्पादनको प्रशंसा गर्दै व्यावसायिकता र इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीलाई सधैँ प्रोत्साहन गरिने बताए । उत्कृष्ट प्रहरी घोषित भएपछि खत्रीले आफूलाई थप ऊर्जा मिलेको र आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार