मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

विपत्तका घटनाहरुप्रति जिम्मेवार निकायको गम्भीरतापूर्वक ध्यान जानुपर्छ : मन्त्री लेखी

Ujyalosandeshonline 11540+ समाचार ( )
२ माघ २०८१, बुधवार

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विपत्तका घटनाहरु प्रति जिम्मेवार रहेका निकायहरुको गम्भीरतापूर्वक ध्यान जानु पर्नेमा कमी देखिएको बताएका छन् ।

२७ औं भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरुको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन् ।

उनले प्रभावतफेरि कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीको उपस्थित न्यून देखिएकोले आफू निराश भएको भावना व्यक्त गरे । उनले सुरक्षाको विषयमा आयोजित कार्यक्रम र घटनालाई समय दिन नसके समाज, प्रदेश र देशप्रति न्याय नहुने बताए । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बजेट र समय खर्च गरेतापनि सहभागीहरुको कमी हुने गरेकामा निराशा व्यक्त गरे ।

गृहमन्त्री लेखीले सञ्चारमाध्यमहरुलाई पनि राजनितिक कार्यक्रमबाहेक सुरक्षा र सामाजिक घटनाहरुको समाचार सम्प्रेशनमा ध्यान दिन अनुरोध गरे ।

प्रभावतफेरी कार्यक्रममा धनुषा प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बल, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा, लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीको उपस्थित रहेको थियो । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार