मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल परिवार दलका पर्सा अध्यक्षसहितका नेताहरु जसपामा प्रवेश

Ujyalosandeshonline 12437+ समाचार ( )
६ माघ २०८१, आइतबार

पर्सा । नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टन प्रसाद कुर्मीसहित एकसय जना जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले पर्सामा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरेकोे मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए । 

नेपाल परिवार दलबाट जसपा प्रवेश गर्ने अन्य नेताहरुमा जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबे तथा राष्ट्रिय सल्लाहकार शिवनाथ राउत रहेका छन् । 

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले आफु नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताए । उनले भने,‘म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो ।’

जनता समाजवादी पार्टी मधेसका नागरिकको हकहितमा समर्पित रहेकाले आफुहरुले पुरानो पाटी नेपाल परिवारदल छोडेर जसपा प्रवेश गरेको बताएका थिए । पछिल्लो समय उप–महासचिव एवम् मन्त्री यादवको सक्रियतामा मधेसमा जसपा प्रवेश गर्नेको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार