मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण,

Ujyalosandeshonline 12437+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनाम गेल्जेन शेर्पाले सोमबार पद वहाली गरेका छन् । 

सोमबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पदवहालीपछि उनले संघीयता कार्यान्वयनको लागि समितिले सरकारलाई सहजीकरण गर्नेगरी काम गर्ने बताए ।

उनले भने, ‘हामी सरकारको प्रतिपक्ष भन्दापनि सरकारलाई राम्रो काम गर्न सहजीकरण गर्दै काम गर्ने वातावरण मेरो कार्यकालमा बनाउँछु ।’ 

उनले समितिको फराकिलो कार्यक्षेत्रको दायरालाई घटाएर संघीयता कार्यान्वयन र सवलीकरणका लागि आफ्नो कार्यकालमा काम गर्ने बताए । ‘हामी समितिमा धेरै विषयलाई समेट्ने भन्दा पनि रिजन बेसमा काम गछौं ’ शेर्पाले भने ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो । संशोधित राष्ट्रिय सभा नियमावलीबमोजिम रिक्त भएको १५ दिनभित्र सभापतिको चयन हुनुपर्ने हुन्छ । सो व्यवस्थाबमोजिम चैत ५ गतेभित्र रिक्त रहेका दुवै समितिले सभापति पाउनुपर्ने हुन्छ । सोहीअनुसार नेकपा (एमाले)का शेर्पा निविरोध सभापति चयन भएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार