मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । 

लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् । आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीका सञ्चालक रामबहादुर साही बताउँछन् । केही वर्ष अस्थायी जागिर खाएपछि २०४६ सालदेखि फूलको नर्सरीमा लागेको उनले बताए । 

२०५३ सालबाट काठमाडौंमा आफ्नै नर्सरी र फूल खेती गर्दै आएका रामबहादुरले काठमाडौंको नर्सरी छोराले सम्हाल्न सक्ने भएपछि अहिले गाउँमा नै आएर नर्सरी र फलफूल खेती गर्दै आएका छन् । 

साहीले फलफूलको नर्सरी र फूल खेतीको साथमा गाउँमा नै ड्रागन फ्रुटको समेत खेती गर्दै आएका छन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । यस वर्ष ड्रागन फ्रुटको फल मात्र ६ लाख रुपैँया बढीको बिक्री हुने उनको अनुमान छ । ड्रागन फ्रुट प्रति किलो ३ सयदेखि ३ सय ५० रुपैयाँमा बगैँचाबाट बिक्री हुने उनले बताए । फूल र सजावटका बिरुवा भने सबै काठमाडौं पठाइने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार