मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

रारामा ६ महिनामै ६ हजारभन्दा बढी पर्यटक

Ujyalosandeshonline 11171+ समाचार ( )
३ माघ २०८०, बुधवार

मुगु । मुलुकका उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७  र  सार्क तथा तेस्रो मुलुकबाट १ सय ५६ जना गरी ६ हजार ७ सय १३  पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेका अनुसार दसैंतिहारको बिदामा पर्यटकको घुइँचो थियो । ‘चालु वर्षको ६ महिनामै  रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले यो क्षेत्रको पर्यटकका लागि सुखद हो,’ उनले भने । चालु आर्थिक वर्षको ६  महिनामा पर्यटकसहित अन्य शुल्क गरि निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको छ ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र तेस्रो मुलुकबाट १ सय ८३ पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिएको छ ।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुक एक हजार पाँच सय र तेस्रो मुलुकका पर्यटकबाट तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ । हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् ।

पर्यटन व्यवसायीहरूले भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन । रारा क्षेत्रमा पर्यटक आगमन बढे पनि बास बस्न सुविधायुक्त होटल भने बढेका छैनन् ।

भरपर्दो सडक, सुविधायुक्त बासको प्रबन्ध नहुँदा सास्ती हुने गरेको पर्यटकले गुनासो गर्दै आएका छन् । यसपटक जाडो मौसममा पनि रारामा पर्यटकको संख्या बढेको देखिन्छ । यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस ८  र विहान–दिउँसो माइनस ५ डिग्री सेल्सियससम्म पुग्ने रारा मौसम केन्द्रका निरीक्षक वास्मती रावलले बताए । रारामा यसपटक हिमपात सुरु भइसकेको छैन । सुरु भएपछि हिउँ खेल्न आउने पर्यटकहरु बढ्ने निकुन्जको अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार