प्रधान सेनापति र भारतका राजदूतबीच भेटघाट

Ujyalosandeshonline 11162+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । शुक्रबार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।  उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार