मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सचिन रोक्काको अध्यक्षतामा चेम्बर अफ कमर्स रुपन्देहीको नयाँ कार्यसमिति सर्वसम्मत चयन

Ujyalosandeshonline 12437+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को नेतृत्वमा सचिन रोक्का सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शनिबार भैरहवामा सम्पन्न संस्थाको १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनले रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि उहाँले संस्थाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राम मिलन यादव, उपाध्यक्ष (उद्योगतर्फ) मधुसुदन अर्याल, र उपाध्यक्ष (वाणिज्यतर्फ) सुरेन्द्र कुमार पाण्डेय चयन हुनुभएको छ । निर्वाचन समितिका अनुसार, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा धिरज कुमार मल्लिक, र सह-कोषाध्यक्षमा सन्तोष शुक्ला निर्वाचित हुनुभएको छ । त्यसैगरी, सचिवमा गौतम कुमार गुप्ता र कृष्ण प्रसाद पाण्डे रहनुभएको छ ।

समितिको एशोसिएट सदस्यमा राम अवध गुप्ता चुनिनुभएको छ । सदस्य (उद्योगतर्फ) राम प्रसाद भण्डारी, राम प्रसाद श्रेष्ठ र राजन विश्वकर्मा तथा सदस्य (वाणिज्यतर्फ) दिनेश गुप्ता, गोविन्द सापकोटा जैसी, शम्भु प्रसाद यादव, विष्णु कंडेल, शिवम जयसवाल, कृष्ण प्रसाद मरासिनी र प्रिया बन्धु न्यौपाने रहनुभएको छ । त्यस्तै, सदस्य (महिलातर्फ) माया खनाल र गिता गैरे बन्जाडे सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष रोक्काले कार्यसमिति सदस्यमा सिकन्दर अली र अब्दुल कयुमलाई मनोनित गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार