बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली

Ujyalosandeshonline 11543+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन् । 

काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले,अहिले चीन सँग बिआरआई अन्र्तगत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन् । 

उनले भने,‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत जम्म छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशतखर्च हुन्छ । यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाँही छैनौं । त्यसैले अहिले यति नै बेला चीन सँग बिआरआई अन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौं भन्ने खालको कुरा चाँही आवश्यक छ जस्तो लाग्दैन् । उचीत छैन् । यो समय परिपक्क होईन् भन्ने नै लाग्छ ।’ 

उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी सफलपार्न उनले आग्रह गरे । 

उनले भने,‘लोनहरुमा हुने अथवा आउने सर्तहरु अलि अलि अप्ठ्यारा छन् । जुन सुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ । यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन् भन्ने मेरो आँखा छ । प्रधानमन्त्रीज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी भ्रमण सफलहोस् आग्रह गर्न चाहन्छु ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार