मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम नगरेको सो पलको निर्माण कार्य अहिले आएर ठेकेदारले काम गर्दा राज्यले पैसा दिन नसकेपछि लम्बिएको हो । सो पुल दुई वर्षमा काम सक्नेगरी २०७७ जेठ १ गते निर्माण सम्झौता भएको थियो । 

निर्माण सम्झौता भएको पाँच वर्ष बिते पनि पुल निर्माणको काम अधुरै छ ।  पछिल्लो समय सरकाले रकम भुक्तानी नदिएको भन्दै व्यवसायीले पुल निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएर अड्काएर राखेको छ । पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैँयामा सम्झौता गरेका थिए । पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैँया पुगेको छ । 

सो कामको हालसम्म नौं करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने प्राविधिक मूल्याङ्कन भएको छ । त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीको दाबी छ । जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमार्फत निर्माण भएको सो पुल निर्माणको अन्तिम म्याद २०८१ माघ ३० गतेसम्म रहेको थियो । उक्त म्याद समाप्त भएको  भएपनि निर्माणको काम सकिएको छैन । सरकाले कामको भुक्तानी नदिएको कारण निर्माण कार्य रोक्नु परेको कम्पनीको भनाइ छ । 

कुल १ सय २० मिटर लामो सो पुलमा तीनवटा स्पान रहेका छन् । अन्तिम स्पानको ढलान समेत सकिएको भएपनि पुलको घेराबारा र पुलसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम बाँकी छ । सो पुल बनेपछि मन्थलीबाट गैराथोक, सालु तथा साँघुटार हुँदै ओखलढुङ्गा जाने यात्रीको लागि छोटो बाटो हुनेछ । अहिले ती क्षेत्रमा जाने साधनहरू सुनारपानी घुमेर जाने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार