मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पश्चिम नवलपरासीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

परासी । समुदाय प्रहरी साझेदारी कार्यक्रमको 'एक युनिट-एक कार्यक्रम' अवधारणा अन्तर्गत पश्चिम नवलपरासीमा सोमबार विभिन्न स्थानमा गरी ९ वटा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार, इलाका प्रहरी कार्यालय बेलाटारी, बर्दघाट, सुनवल, सेमरी तथा प्रहरी चौकी बसहिया, रामनगर, कुडिया र गुठीप्रसौनीबाट खटिएका प्रहरी टोलीले यी कार्यक्रमहरु आयोजना गरेका हुन् ।

स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको सहभागितामा आयोजित उक्त कार्यक्रमहरूमा आत्महत्या न्यूनीकरण तथा मनसुनजन्य विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रहेर छलफल तथा अन्तरक्रिया गरिएको थियो । यी कार्यक्रमहरूले प्रहरी र जनता बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

'हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी' भन्ने मूल नाराका साथ सुरु भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रमले जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा लागुऔषध दुरुपयोग तथा ओसारपसार, साइबर अपराध, सवारी दुर्घटना न्यूनीकरण जस्ता विषयमा पनि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार, कार्यक्रमको अवसरमा प्रहरी टोलीले प्रहरीका सहयोगीहरुसँग भेटघाट तथा छलफल समेत गरेको थियो । समुदायसँगको सहकार्यमा विकृति र विसंगति विरुद्ध लड्दै अपराध न्यूनीकरणमा यो कार्यक्रम प्रभावकारी ठहरिएको प्रहरीको विश्वास छ । नेपाल प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रमलाई देशभर अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । पछिल्लो समय नेपालमा बढ्दो आत्महत्याका घटनालाई न्यूनीकरण गर्न नेपाल प्रहरीले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ , जसले गर्दा प्रहरी र जनताबीच प्रत्यक्ष संवाद स्थापित भई सुरक्षित र सचेत समाज निर्माणमा योगदान पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार