मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

चैत ५ देखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

विराटनगर । सुनसरीको इनरुवामा कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहआयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

‘प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८०’ को व्यवस्थापन नेपाल खेलकुद महासंघ इनरुवा नगर समितिले गर्ने भएको छ ।

चैत ५ देखि ७ गते सम्म हुने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका ६ जना महिलासहित ८० जना खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक चिनेश्वर मेहताका अनुसार ओझेलमा परेको कुस्ती खेलप्रति स्थानीय कुस्ती खेलाडीहरूमा आकर्षण बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई १ लाख १ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । यसैगरी, दोस्रो हुने खेलाडीलाई ७१ हजार र तेस्रो हुनेलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार