मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

भैरहवा। प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सुनगाभा रिसोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.बीच बुधबार छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले बताए ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई सुनगाभामा खाना र कोठामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।

त्यस्तै प्राइम कमर्सियल बैंक लि. र तिलोत्तमा–५ स्थित लुम्बिनी आई केयर अप्टिकल एण्ड कन्ट्याक्ट लेन्स क्लिनिकबीच सम्झौता भएको छ । सम्झौता अनुसार कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ । सम्झौता अनुसार मोतीयाबिन्दुको शल्यक्रिया (सर्जरी) मा १० प्रतिशत, पेट्रीजियम सर्जरीमा १० प्रतिशत, चालाजयिन सर्जरीमा १० प्रतिशत, अप्टिकल फ्रेममा १५ प्रतिशत, ब्रांकेड लेंसद्वारा जीस, होया, सिक्रोनी र एस्सिलोरमा ३ प्रतिशत, रेगुलर/लोकल लेन्समा ५ प्रतिशत र प्रिस्क्रिप्शन कन्ट्याक्ट लेन्समा ४ प्रतिशत छुट प्रदान गरिनेछ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार