मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार हो : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 12676+ समाचार ( )
१४ असार २०८२, शनिबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले शनिबार एक बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण चरणको रूपमा वर्णन गरेका छन् । उनले भने, ‘तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी लक्ष्यतर्फ अघि बढ्ने मार्ग प्रशस्त गरेको छ । यसले तपाईंहरूलाई अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

सन्देशमा मुख्यमन्त्री सिंहले विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् । उनले शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै समाज, प्रदेश र राष्ट्रको समुन्नत भविष्य निर्माणमा विद्यार्थीहरूबाट योगदानको अपेक्षा व्यक्त गरेका छन् ।

‘विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन्,‘मुख्यमन्त्री सिंहको भनाइ छ, ‘एसईईको सफलताले तपाईंहरूको आत्मबल थप मजबुत बनोस र आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार