मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क

Ujyalosandeshonline 11564+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

रामेछाप । डढेलो निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकको स्मृतिमा १६ वर्षपछि स्मृति पार्क निर्माण भएको छ । डिभिजन वन कार्यालय रामेछाप, रामेछाप नगरपालिका र खड्ग दल गणले संयुक्त रूपमा जिल्ला अस्पताल रामेछापको गेट नजिकै सो पार्क निर्माण गरेका हुन् । करिब २५ लाख रुपैँयाको लगानीमा निर्माण भएको पार्क शुक्रबार उद्घाटन गरिएको छ ।

पार्कको श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे । स्थानीय उपभोक्ता समिति मार्फत पार्क निर्माणको काम भएको थियो । 

पार्क उद्घाटन गर्दै थापाले नेपाली सेनाले आफ्नो जीवनको समेत परवाह नराखी दैविक प्रकोप र विपतमा उद्धारको काममा खटेको बताए । सबैको सहयोगबाट विपतबाट हुने क्षति कम गर्न सकिने थापाले बताए । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले ज्यान गुमाएका सैनिकहरू सेनाका कर्मचारी मात्र नभएर राष्ट्रकै विभूति भएका बताए । 

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले ढिलै भए पनि जीवन गुमाउने वीर सैनिकहरूको सम्मान भएको बताए । २०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक वनको जङ्गलमा लागेको आगो निभाउने क्रममा १३ जना सैनिक जवानहरूले ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा सो पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार