मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा रोहिणीका ३३ विपन्न परिवारलाई राहत सामग्री वितरण

Ujyalosandeshonline 11521+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

धकधई । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, धकधई शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रोहिणी गाउँपालिकाका अति विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य— "भोकमरीको अन्त्य" (Zero Hunger) लाई आत्मसात गर्दै बैंकले रोहिणी गाउँपालिका वडा नं. ३ का ३३ अति विपन्न तथा आर्थिक रूपमा पछाडि परेका घरपरिवारलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरेको हो। बैंकले एक कार्यक्रमको आयोजना गरी लक्षित परिवारहरूलाई चामल, दाल, खानेतेल, नुन, प्याज र आलु सहितको राहत प्याकेज हस्तान्तरण गरेको छ।

कार्यक्रममा बोल्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, धकधई शाखाका प्रमुख शैलेन्द्र चौधरीले बैंकहरू केवल निक्षेप संकलन र कर्जा प्रवाह गर्ने माध्यम मात्र नभएर समाजको सुख-दुःखको सारथी पनि भएको बताउनुभयो। उहाँले आफूहरू जुन समाजमा बसेर व्यवसाय सञ्चालन गरिरहेको हो, त्यहाँका नागरिकहरूको जीवनस्तर र हितसँग बैंकको उत्तरदायित्व जोडिएको उल्लेख गर्नुभयो। यो सहयोग निकै ठुलो नभए पनि यसले यहाँका परिवारको दैनिक छाक टार्ने यात्रामा थोरै भए पनि राहत र ऊर्जा थप्ने विश्वास बैंकले लिएको शाखा प्रमुख चौधरीले बताउनुभयो।

यसैगरी शाखा प्रमुख चौधरीले कार्यक्रमलाई पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि वास्तविक लक्षित परिवारहरूको पहिचान र समन्वयमा स्थानीय वडा कार्यालय र वडा अध्यक्षले खेल्नुभएको भूमिकाप्रति हार्दिक कृतज्ञता समेत ज्ञापन गर्नुभयो। आगामी दिनहरूमा पनि स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै सामाजिक रूपान्तरण र वित्तीय साक्षरताका क्षेत्रमा सधैं यसै गरी काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

कार्यक्रममा रोहिणी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्री प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। यसैगरी वडा सदस्य जुद्वा प्रकाश चौधरी, वडा कार्यालयका अन्य जनप्रतिनिधिहरू, बैंकको धकधई शाखाका कर्मचारीहरू, स्थानीयहरूको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार