मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

भैरहवामा ADB सहयोग प्राप्त ‘शहरी उत्थानसिलता तथा जिबिको यापन सुधार आयोजनाको समीक्षा बैठक

Ujyalosandeshonline 12441+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा आज भैरहवामा एसियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालित “शहरी उत्थानसिलता तथा जिबिको यापन सुधार आयोजना” को प्रगति समीक्षा बैठक सम्पन्न भएको छ।

बैठकमा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, ADB का टिम लिडर नरेश गिरी, परियोजना समन्वय इकाई (PC0) का योजना प्रमुख प्रकाश अर्याल, सहव्यवस्थापक चन्द्रशेखर महतो, परियोजनाका परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

त्यसैगरी तिलोत्तमा, देवदह, लुम्बिनी सांस्कृतिक र सैनामैना नगरपालिकाका योजना शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खानले गुणस्तरीय रुपमा समयमै काम सम्पन्न गर्ने गरि काम अगाडि बढाउन र सबै सरोकारवाला, स्थानिय सग समन्वय गरेर काम अगाडि बढाउन निर्देश दिनुभयो । उहाँले कुनै पनि बहानामा काममा बिलम्ब हुन नहुने बताउनुभयो ।

बैठकले परियोजनाको हालसम्मको भौतिक तथा आर्थिक प्रगति, आगामी कार्ययोजना, समन्वय तथा सहकार्यका विषयमा विस्तृत छलफल गरेको थियो। ADB टोली, PC0, PIU र सम्बन्धित नगरपालिकाहरूबीच परियोजनालाई थप प्रभावकारी बनाई समयमै सम्पन्न गर्न आवश्यक रणनीति र जिम्मेवारीबारे स्पष्ट सहमति कायम भएको सिद्धार्थनगर नगरपालिका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै पक्षबाट परियोजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ भने आगामी दिनमा अझ सशक्त समन्वय र सहकार्यका साथ अघि बढ्ने समझदारी बनेको छ । जिल्लाका  पाँच नगरपालिकामा सुरु यश आयोजनाले शहरी पूर्वाधार, जलवायु अनुकूलन र बसोबासयोग्य शहर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार