मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सुशासन र निर्वाचन सरकारको मुख्य प्राथमिकता, कामबाटै जवाफ दिन्छौँ : गृहमन्त्री अर्याल

Ujyalosandeshonline 11171+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

भैरहवा । भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन र निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताउनुभएको छ । उहाँले चुनाव हुँदैन भन्ने सार्वजनिक खपतका अभिव्यक्ति दिनेहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाटै जवाफ दिने स्पष्ट पार्नुभयो । सरकारले विगतको त्रासदीपूर्ण सुरक्षा अवस्थालाई सामान्य बनाउँदै लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता ल्याउन सफल भएको समेत उहाँले दाबी गर्नुभयो ।

भदौमा ‘जेनजी’ युवाहरूको आन्दोलनपछि विशेष परिस्थितिमा यो सरकार गठन भएको स्मरण गराउँदै गृहमन्त्री अर्यालले लुम्बिनी प्रदेशमा हुने राजस्व चुहावट रोक्न र नेपाल–भारत सीमानाकामा कडाइ गर्न सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिनुभयो । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेताहरू बिग्रिए पनि मुलुकको प्रणाली नबिग्रिएको भन्दै संविधानको रक्षा र सुशासनमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो । गृहसचिव तथा तिनै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको उक्त गोष्ठीले आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार