मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रवि लामिछानेको चेतावनी: "भागेको हेलिकप्टर फर्के लोकतन्त्र खतरामा"

Ujyalosandeshonline 12437+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले भागेको हेलिकोप्टर सिंहदरबार र बालुवाटारमा फेरि अवतरण गरेमा लोकतन्त्र खतरामा पर्ने गम्भीर चेतावनी दिएका छन्। अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैँचामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यो धारणा व्यक्त गरेका हुन्। सभापति लामिछानेले नयाँ शक्ति वा व्यक्तिबाट देशलाई कुनै खतरा नभएको स्पष्ट पार्दै, लोकतन्त्रको वास्तविक संरक्षक जनता नै भएकोमा जोड दिए। उनले भने, "जनताले ल्याएको लोकतन्त्रको रक्षा नेताले होइन, जनताले गर्नेछन्।" आफूहरू जनताले ल्याएको लोकतन्त्र जोगाउन कटिबद्ध रहेको उनको भनाइ थियो।

"जसबाट लोकतन्त्रको खतरा थियो, ऊ हेलिकोप्टर चढेर भागिसक्यो। फेरि त्यो हेलिकोप्टर सिंहदरबारमा र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्र खतरामा पर्छ," लामिछानेले दृढतापूर्वक भने। उनको यो भनाइले परम्परागत राजनीतिक शक्तिहरूलाई लक्षित गरेको देखिन्छ। लामिछानेले सहिदहरूको रगत खेर नजाने गरी आफूहरूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले रास्वपाले महिला, युवा, डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि, कलाकारलगायत विभिन्न पृष्ठभूमिका योग्य व्यक्तिहरूलाई उम्मेदवार बनाएकोले ढुक्क भएर आफ्नो पार्टीलाई मतदान गर्न जनतालाई आग्रह गरे । अर्घाखाँचीमा रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाललाई अत्यधिक बहुमतले जिताएर पठाउन समेत लामिछानेले अपिल गरेका छन्। उनको यो सम्बोधनले आगामी निर्वाचनमा रास्वपाको सशक्त उपस्थिति र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको अडानलाई थप उजागर गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार