मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः कपिलवस्तु र रूपन्देहीको जित

Ujyalosandeshonline 12676+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोटमा सोमबार भएका दुई खेलमा कपिलवस्तु र रुपन्देहीले सानदार जित निकालेका छन् । कपिलवस्तुले पाल्पामाथि २ सय १५ रन र रुपन्देहीले पश्चिम नवलपरासीमाथि १० विकेटको सहज जित निकालेको हो । रुपन्देहीको यो लगातार दोस्रो जित हो भने पाल्पाको लागातार दोस्रो हार हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३ सय २ रनको विशाल लक्ष्य खडा गर्यो । उसका लागि रामजन अली धुनियाँ र रौनक श्रीवास्तवले शतकीय पारी खेले । धुनियाँले १ सय २८ र श्रीवास्तबले १ सय १० रन बनाए । यस्तै, शिवकुमार मौर्यले १६, प्रतीक भट्टराईले १५ र मोहम्मद हुसेनले १४ रन जोडे । बलिङमा पाल्पाका नरबहादुर सार्कीले ३, केशब पहारीले २ तथा विपिन भट्टराई र श्रीधर बश्यालले १–१ विकेट लिए ।

जवाफमा विशाल लक्ष्य पछ्याएको पाल्पाले २८ ओभर १ बलमा सबै विकेट गुमाउँदा जम्मा ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न कपिलवस्तुका शिव कुँवरले ५, मोहम्मद हुसेनले २ तथा राज अग्रहरी र रमेशकुमार पाठकले १–१ विकेट लिए । पाल्पाका रुपेश बश्यालले २५, श्रीधर बश्यालले १९ र सन्तोष न्यौपानेले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले लज्जास्पद हार ब्यहोर्यो । खेलमा कपिलवस्तुका रामजन अली धुनियाँ प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २० ओभर १ बल खेल्दै ५१ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा रोक्न रुपन्देहीका रमेश कुर्मीले ५ ओभर बलिङ गर्दै ३ मेर्डनसहित २ रन खर्चेर महत्व पूर्ण ६ विकेट लिए । यस्तै, विप्रसन केसीले ३ र सन्देश थापाले १ विकेट हात पारे । नवलपरासी का सम्राट भुसालले १८ र भुवन गैरेले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।

रुपन्देहीले जवाफी ब्याटिङ गर्दै १३ ओभर २ बलमा विना क्षति ५२ रन बनाउँदै सहज जित हात पार्यो । उसको जितमा मिर्नाल गुरुङले अविजित २३ र मनिष थापाले नटआउट १९ रनको योगदान गरे । खेलमा रुपन्देहीका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो ।

रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार