मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आगामी शुक्रबारदेखि कांग्रेस युवा नेताले ‘युवा संकल्प यात्रा’ गर्ने

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा आयोजना हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कात्तिक २३ गतेदेखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराएका हुन्  ।

युवालाई रोजगारीको सुनिश्चितता ,योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा वर्षेनी लाखौं नेपाली युवा विदेशिन बाध्य भएका,स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्ने उनको विश्वास छ । 

साथै उनले देशमा पटक पटक राजनीतिक परिवर्तन भएपनि पनि जनताको जिवन शैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार रहेको भन्दै यात्रा मार्फत तीनै तहका सरकारका व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार