मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

भैरहवामा राष्ट्रिय वैश्य महासंघ रुपन्देहीको भव्य 'होली मिलन समारोह' सम्पन्न

Ujyalosandeshonline 12676+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपाल, जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भव्य रूपमा 'होली मिलन समारोह' सम्पन्न भएको छ । समाजमा आपसी भाइचारा, प्रेम र सद्भावको सन्देश प्रवाह गर्ने र खुसी साटासाट गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको सभापतित्व तथा प्रथम उपाध्यक्ष अशोक कुमार साहको संयोजकत्वमा सम्पन्न उक्त समारोहमा भैरव प्रसाद कलवार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ-संस्थाका अध्यक्ष, प्रतिनिधिहरू र विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

समारोहमा नेपाल वैश्य युवा संघ रुपन्देहीको तर्फबाट पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा युवा संघका वरिष्ठ उपाध्यक्ष गणेश गुप्ता, उपाध्यक्ष मनोज अग्रहरि, सचिव विष्णु रौनियार, कोषाध्यक्ष दुर्गा प्रसाद गुप्ता र सह-कोषाध्यक्ष राजु जैसवाललगायतको उपस्थिति थियो । त्यसैगरी, सहभागीहरू पूर्णिमा रौनियार, रमेश चौरसिया, किरन गुप्ता, रूबी रौनियार, मंजू जैसवाल, उषा जैसवाल, मीना शाहलगायतले एकआपसमा रङ दलेर र शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ होली मनाएका थिए ।

महासंघका कार्यसमिति पदाधिकारी, सदस्य, मनोनित सदस्य, सल्लाहकार एवं आमन्त्रित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न समारोह निकै सौहार्दपूर्ण रहेको थियो । सहभागीहरूले कार्यक्रमको उत्कृष्ट आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरेका थिए भने आगामी दिनमा पनि समाजलाई जोड्ने यस्ता सद्भावपूर्ण कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार