मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

चाडपर्व लक्षित बिशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गरौंः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडवर्प लक्षित बिशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । दसैं मनाउन शहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको प्रवन्ध मिलाउन मातहतका निकायलाई निर्देशन जारी गर्नु भएको हो ।

झरीका कारण पहाडी जिल्ला जोड्ने सडक खण्डहरु अवरुद्ध थिए । तर, हाल ति सडक सुचारु छन । चाडपर्वको मुखमा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुचारु गराउनेगरी तयारी अवस्थामा रहन पनि निर्देशन दिनु भएको हो ।‘चार्डपर्वको समयमा मानिसहरुको आवतजावत हुन्छ । सवारी साधनमा चाप पनि बढ्छ । यस्तो अवस्थामा यात्रुहरु ठगिन सक्ने जोखिम रहेकाले यस्ता गलत कामहरु हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सुरक्षित यात्रालाई सुनिश्चित गरिनुपर्छ ।’ 

लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै भित्रिएसंगै चाडपर्व लक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो । नेपाल प्रहरीले पूर्व पश्चिम लोकमार्ग सहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बिशेष निगरानी अभियान चलाएको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको कार्यान्वयन, तिब्र गतिमा गुड्ने सवारी साधनलाई निगरानीमा राख्ने जस्ता कामहरु भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतले जानकारी दिनुभयो । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाट जस्ता कुनै अपराधिक काम हुन नदिने, यात्रुहरुको भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनेगरी चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिउको हो । 

लुम्बिनी प्रदेशमा चाडपर्वलाई लक्षित गरेर ७ हजार ६ सय ४४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्व पश्चिम लोकमार्गमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएका छन् । मानिसहरुको भिडभाड हुने क्षेत्रको पहिचान गरेर यस्ता सहायता कक्षा स्थापना गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । यो संगै बजार अनुगमनलाई पनि एकिकृत रुपमा अघि बढाइएको छ । तीन तहकै सरकारको सहभागितामा एकिकृत रुपमा बजार अनुगमनलाई अघि बढाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार