मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

छायाँनाथ रारा नगरपालिका मुगुको पहिलो साक्षर घोषणा पालिका

Ujyalosandeshonline 11566+ समाचार ( )
२ अशोज २०८१, बुधवार

मुगु । मुगुमा रहेका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका पहिलो साक्षर घोषणा पालिका बनेको छ । ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा छायाँनाथ रारा नगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको हो । 

नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने र केही सूचक पूरा भएपछि साक्षरता जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको नगर प्रमुख विष्णु कुमार भामले बताए । 

नगर प्रमुख भामका अनुसार नगरपालिका भर रहेको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो । सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ ।

निर्धारण गरिएका राष्ट्र भाषा वा मातृ भाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिनेछ । साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशक्ति तयार गर्नु प्रमुख चुनौति रहेको समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार