मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ पौष २०८०, बुधवार

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ । घोराही गोग्ली निवासि एक जना विरामिको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो ।

प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा.सुर्यमान लिम्वु, डा.अभिषेक पौडेल, डा.आनन्द न्यौपाने, डा. आत्मानन्द वर्मासहीतको चिकित्सक, स्वास्थ्यकर्मि, नर्शसहीतको टोलिले फुटेको आन्द्राको  ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट अप्रेसन गर्नु भएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । ‘विरामिको सानो आन्द्रा प्वाल परेको थियो, हामिले दुरविनको माध्यमवाट फुटेको आन्द्रा सिलाएका हौ’–अप्रेसनमा संलग्न चिकित्सक सर्जन डा. आनन्द न्यौपानेले भने । यसअघि फुटेको आन्द्राको चिरेर हुँदै आएको अप्रेसन पहिलोपटक प्रतिष्ठानमा दुरविनि विधिवाट सुरु भएको सुचना अधिकारी भट्टराइले बताए । 

सर्जन डा. अभिषेक पौडेलका अनुसार विरामिको अवस्था सामान्य रहेको र अबको केही दिनमा विरामि निको भएर घर फर्किने छन् ।  चिकित्सकहरूका अनुसार यो प्रविधिबाट अप्रेसन गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, घाउको दाग सानो देखिने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा हुन्छन् ।

पेटमा साना प्वाल बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधि नै ल्याप्रोस्कोपी हो । पछिल्लो समय नेपालमा भित्र्याइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो विधिका रूपमा चिनिन थालेको सर्जन डा. सुर्यमान लिम्वुले बताए । ‘यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै