भैरहवा । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभायात्रा निकालिएको छ।लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको शोभायात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय नहरहुँदै कार्यक्रम स्थल अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।
शोभायात्रामा बिभिन्न चिनियाँ झाकी, थारू संस्कृति, मशेशी संस्कृती झल्किने भेषभुषा सहित विभिन्न जातजातिको झाँकि सहितको प्रस्तुती रहेको छ ।
अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्नु हुने कार्यक्रम छ । औपचारिक कार्यक्रम बिहान ९ बजेपछि शुरु हुने बताईएको छ । बुद्ध जयन्तीको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । ३ दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाईने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलही झैं सिँगारिएको छ ।