मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

६७ औँ राष्ट्रिय सहकारी दिवस आज

Ujyalosandeshonline 11467+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

रुपन्देही । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु आयोजना गर्ने भएका छन् । 

देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ। 

सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतीका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ ।

आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समुहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बद्नाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् ।  सहकारी संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार