एरिक विष्टले आई लिग खेल्ने

Ujyalosandeshonline 11175+ समाचार ( )
४ माघ २०८०, बिहीबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर एरिक विष्टले भारतीय (आइ) लिग खेल्ने भएका छन् । भारतको मेघालय सिलोङले नेपाली टोलीका मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको गरेको जनाएको छ । 

एरिक जारी आइ लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् ।  नेपाली राष्ट्रिय टिमको मिडफिल्डमा राम्रो जमेका एरिकले हालै भएको नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीको मार्की खेलाडीको रुपमा गतिलो छाप छाडेका थिए । 

उनले कप्तानको पनि जिम्मेवारी निर्वाह गरेका थिए । एरिकले २०२० मा बंगलादेशमा भएको मुजिब बर्षो मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका हुन् । उनले सहिद स्मारक ए डिभिजन लिगको उपाधि नव प्रवेशी क्लब चर्च ब्वाइजलाई सफलता दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार